अध्यक्षको शुभकामना

ओखलढुगा समाज सेवा, काठमाडौं गुठीको कार्य समिती द्वारा समाज सेवाको वेबसाइट २०७६साल देखि www.okhaldhungasamaj.org.np नामक सुरु गर्न लागेकोमा खुसी लागेको छ I काठमाडौँ उपत्यका भित्र विभिन्न पेशा, ब्यबसाय र बिबिध कारणले ओखलढुँगा सदरमुकामको ब्यक्तिहरु स्थाई वा अस्थाई रूपमा बसोवास गरिरहेको समाज गुठीको रुपमा एक अर्कामा सर सहयोग, मरौ परौमा सहयोग र आपसी भाइचारा एबम विभिन्न छेत्रमा सहयोग र कार्यक्रमहरु सम्पादन गर्दै आएको छ I यस समाज सेवा एक सामाजिक संस्था गैर नाफामुलक उदेश्यले सबै सदस्यहरु सगठित भएको र परि आएको खण्डमा सबै सदस्यहरु सम्बन्धित समाज सेवालाइ सजिलो र भरपर्दो तरिकाले एक अर्कामा पहिचान, आत्मियता र सरल ब्यबहारबाट समाज सेवामा सहयोग र समर्पित हुन यस वेबसाइटले सहयोग पुर्याउने उदेश्य साथ  निर्माण गरिएको छ I यस वेबसाइटले समाज सेवाको लागी सबै सदस्यहरु, सबै सरोकारवालाहरुको, शुभचिन्तकहरुको लागी उपयोगी सामग्री बन्ने छ भन्ने विश्वास लिएको छु I

      समाज सेवाको दशौ र एघारौं अधिबेशनबाट निर्देशन गरिए अनुसार कार्यक्रमहरु गर्दै जाने प्रयास हुने छ I साथै नया र सिर्जनात्मक क्रियाकलापहरु गर्दै जाने उदेश्यले गत बर्ष देखि पुनः पिकनिकको आयोजना गरिएको र भित्ते क्यालेन्डर समेत प्रकाशित गरी बितरण गरिएको व्यहोरा अनुरोध छ I ओखलढुंगा समाज सेवा, काठमाडौंले बिभिन्न क्रियाकलापहरु साथै रक्तदान कार्यक्रम, शुभकामना आदान प्रदान कार्यक्रम, अन्तरक्रिया र भेटघाट कार्यक्रम, तालीम साथै आवश्यकता अनुसार सहयोगको वातावरणमा रहन प्रेरित गर्न प्रयास गरि आएका छौ / बिभिन्न परम्परागत जात्राहरुलाइ निरान्तरंता र सकेसम्म धर्म र संस्क्रीतीलाइ जागेर्ना गर्न प्रयास गरिएको छ /

 समाज सेवाको लागि रचनात्मक सहयोग र सुझाबको लागि सबैमा अनुरोध गरिएको छ र काम गर्ने बाताबरण दिई हामीलाई सधै हौसला र प्रेरणा दिई समाज सेवाको काममा दृढ भै काम गर्न सहयोग हुने नै छ I सामाजिक जिज्ञासा राख्न हुने र सद्स्यहरु बीच संछिप्त रुपमा भए पनि जानकारी लिन सक्ने उदेश्येले बिभिन्न क्रियाकलापहरु राखी समेट्ने प्रयास गरेको हुदा यो फलदायी वेबसाइट हुनेछ भन्ने बिश्वास लिएको छु I

     वेबसाइट निर्मानार्थ आबश्यक तथांक संकलन गर्न हुने  सम्पूर्ण सदस्यज्यूहरु र कार्य समिती पदाधिकारीज्युहरुलाइ धन्यबाद प्रकट गर्दै आभार व्यक्त गर्दा छु I साथै सबैमा उचित सुझाव र सल्लाहको लागी हार्दिक अनुरोध गर्दछौ / कुनै त्रुटीपूर्ण र भुल भए सुधारको लागि सल्लाह दिन हार्दिक अनुरोध गर्दछौ /

    अन्तमा नयाँ बर्ष २०७८ सालको अबसरमा सुख,सान्ति र सु स्वास्थको कामना गर्दै उतोरोत्तर प्रगतिको र आपसी मेल मिलाप  र सहयोग हुदै जानेछ भन्ने आशा गर्दै नयाँ बर्ष २०७८को हार्दिक        शुभकामना I                                                                

बर्म लाल राजभण्डारी
अध्यक्ष
एबं कार्य समिती परिवार
ओखलढुन्गा समाज सेवा, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *